काठमाडौं । स्वास्थ्य मन्त्रालयलयले कोरोना परीक्षणको रिपोर्ट जे आए पनि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौगमले यस्तो निर्देशन दिएका हुन् ।
‘यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउनू ,’ उनले भने ।