मंसिर ०७, २०८१, शुक्रबार
               

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया कोरोना संक्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ ।

सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

यही असोज ६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा  केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको समन्वयमा  महिलाको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि