पोखरा । पोखरा महानगरपालिकाको ६ वटा वडामा १४ जना सहित गण्डकी प्रदेशमा मंगलबार थप १८ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा ५ का ९ वर्षीया वालिकासहित १४ र ३६ वर्षीय पुरुष, वडा ८ का ४९ वर्षीय पुरुष, वडा १३ का २४ वर्षीय पुरुष, वडा १५ का ३३ र ५६ वर्षीया महिला र ३४ वर्षीय पुरुष, वडा नं १७ का २४, ३१ र ६१ वर्षीय पुरुषसहित ५५ र ५६ वर्षीया महिला, वडा २० का ८३ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको छ ।
नवलपुर विनय त्रिवेणी वडा नम्बर ३ की ७० वर्षीया महिला र १२ वर्षीय वालक तथा वडा ४ का २६ र ५९ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या तीन हजार ८१३ पुगेको निर्देशनालयले जनाएको छ ।