मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालमा पिसिआर परीक्षणको संख्या १० लाख नाघ्यो

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

हालसम्म नेपालमा पिसिआर परीक्षणको संख्या १० लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप १० हजार ८९१ परीक्षण भएसँगै पिसिआर परीक्षणको संख्या १० लाख नाघेको हो । 

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षणको संख्या १० लाख ९ हजार २९८ पुगेको छ । पछिल्लो समय देशभर रहेका ५५ वटा पिसिआर परीक्षणा प्रयोगशालाबाट दैनिक १० हजारको हारहारीमा पिसिआर परीक्षण हुँदै आएकाे छ ।

१० लाखभन्दा बढीकाे परीक्षण हुँदा हालसम्म ७६ हजार २५८ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । साथै मृतककाे संख्या ४९१ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि