मंसिर ०७, २०८१, शुक्रबार
               

संक्रमितलाई जागेश्वर गाैतमका सुझाब : फिल्म हेरेर आइसोलेसनको मज्जा लिनू

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोना संक्रमितलाई सरकारले विभिन्न अनुरोध सुझाब गर्दै आएको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले घरमा आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपायबारे प्रस्ट पारेका छन् ।

घरमै आइसोलेसनमा बस्दा गन्ध थाहा नपाउने र स्वाद पनि थाहा नपाउने, लगातार खोकी लाग्ने स्वास फेर्न गाह्रो हुने भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।  

आइसोलेसनमा बसेको व्यक्तिले पिसिआर परीक्षण गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सुरक्षितसाथ अलग्गै बस्न पनि गौतमले आग्रह गरेका छन् । साथै नतिजा पोजेटिभ आए पनि नआत्तिन उनले आग्रह गरे । भने, ‘संक्रमित भए तुरुन्त अलग्गै बस्ने गर्नुपर्छ । आफ्नो भाँडा, लुगा आफैँले धुने गर्नुपर्छ, सम्भव भएसम्म बिहान बेलुका ज्वरो नाप्ने पनि गर्नुपर्छ ।  

कोरोना रिपोर्ट पोजेटिभ भए पनि आफूले गर्ने काम नियमित गर्ने र सकारात्मक सोच्ने तथा सिर्जनशील काममा लागिपर्नुपर्ने उनको आग्रह थियो । उनले थपे, ‘संक्रमित भएपछि गीत, कथा, अनुभव लेख्ने आइसोलेसनमा बस्ने तथा मनका कुरा कापीमा उतार्ने उत्तम अवसरका रुपमा यसलाई लिनुपर्छ ।

उनले राम्रा गीत सुन्न र फिल्म हेरेर आइसोलेसनको मजा लिन संक्रमितलाई आग्रह गरेका छन् ।  यसको साथै उनले ‘अनलाइनको माध्यमबाट आफन्त र साथीभाइसँग जोडिने सु-अवसरको रुपमा यसलाई लिनुपर्छ ।’ जतिबेला पनि कोरोनासम्बन्धी समाचार मात्र नहेर्न पनि उनले आग्रह गरेका छन् ।

पोषिलो खानेकुरा खाने र नियमित यो र व्यायाम गरी शरीरलाई स्वास्थ राख्न पनि उनले बताएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि