मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारी दम्पत्तिलाई कोरोना

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

भरतपुर । राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि मङ्गलबार उनकी श्रीमती सुजाता पोखरेललाई संक्रमण पुष्टि भएको थियो । उनिहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित रिपोटिङमा हिँड्ने क्रममा आफू संक्रमित भएको अधिकारीले बताए । उनले भने, ‘मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।’ चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । - रासस


कस्तो लाग्यो ?

यो पनि