विराटनगर । विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक बालकको मृत्यु भएको छ ।
बुढीगंगा गाउँपालिका-२ टंकिशिनवारीस्थित विराट मेडिकल कलेजमा बिहीबार बेलुका ६ वर्षीय बालकको मृत्यु भएको हो ।
मस्तिष्क ज्वरो आएपछि बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराट मेडिकल कलेजको आइसोलेसन इञ्चार्ज सनिल देवले जानकारी दिए ।
उनका अनुसार बालक जनकपुर उपमहानगरपालिका-२ धनुषाका हुन् ।
बालकमा ८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ९ असोजमा उनलाई विराटमा भर्ना गरिएको थियो ।
अत्याधिक ज्वरोका कारण बालकलाई असोजको पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङहोम) र्ना गरिएको थियो ।
उनमा कोरोना पोजेटिभ देखिएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा सारिएको थियो ।