धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।
सुनसरीको इनरुवा–४ की ती युवतीको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
असोज ८ गते ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसै दिजदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
डा. श्रेष्ठका अनुसार ती युवतीमा अन्य दीर्घरोग थिएन ।