मंसिर ०७, २०८१, शुक्रबार
               

दैनिक आठभन्दा बढी कोरोना संक्रमितको मृत्यु, कति पुग्यो मृतकको संख्या ?

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजमा मात्रै  दैनिक आठ जनाको मृत्यु भएको छ । असोज महिनाको १७ औँ दिनसम्म कोरोनाकै कारण कुल १४६ जनाको ज्यान गएको छ । हिजो (शुक्रबार) मृत्यु ११ जनाको मृत्यु भएको थियो । यस्तै बिहीबार १० जना, बुधबार पाँच जना र मंगलबार १० जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार १२ गते चार जना, ११ गते १० जना र १० गते आठ जनाको मृत्यु भएको थियो । यस्तै कोरोना संक्रमणबाट ९ गते ६ जना, ८ गते १७ जना, ७ गते सात जनाको ज्यान गएको थियो ।  ६ गते दुई जना, ५ गते १६ जना र ४ गते १० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार असोज ३ गते ११ जना, २ गते सात जना र १ गते चार जनाको मृत्यु भएको थियो ।

यो पनि