मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको सचिवालयमा कार्यरत थप एकजनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्रीको सचिवालयमा कार्यरत अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंलाई आइतबार संक्रमण पुष्टि भएको हो ।

उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न समेत आग्रह गरेका छन् ।

‘हाल आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको उनले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

शनिबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी र बालुवाटारमा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि