पोखरा । पोखरामा आज (सोमबार) बिहान एकैपटक २६ कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकाका ११ वटा वडाका २६ जना र नवलपुरका एक जना गरी आज गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा सोमबार बिहान थप २७ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा–३ का २२, २३, २२, २४, २५, २६, २५, २७, ३० र ३८ वर्षीय पुरुष, पोखरा-७ का २६ र २९ वर्षीय पुरुष, पोखरा-१० का २८ र ६४ वर्षीय पुरुष, पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक, पोखरा-१२ का ३६ वर्षीय पुरुष, पोखरा-११ का २८ र ३० वर्षीय पुरुष, पोखरा-१३ का ३६ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी पोखरा-१४ का २२ वर्षीय पुरुष, ५२ वर्षीया महिला तथा फेवासिटी अस्पतालमा उपचाररत-५१ वर्षीय पुरुष, पोखरा-१७ का २० वर्षीय पुरुष, पोखरा-१९ का ५५ वर्षीय पुरुष, पोखरा-२२ का २९ वर्षीय पुरुष, पोखरा-३० की ५१ वर्षीया महिला र वडा नखुलेको ४९ वर्षीया महिलाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी नवलपुर जिल्ला मध्यबिन्दु नगरपलिकाका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २०२ पुगेको छ ।