मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट कावासोतीका ७७ वर्षीय वृद्धको मृत्यु

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको  कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका– ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि