मंसिर ०७, २०८१, शुक्रबार
               

विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मोरङ कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कानेपोखरीका ५० वर्षीय पुरुषको आज (मंगलबार) बिहान करिब ३ बजेतिर मृत्यु भएको हो । उच्च ज्वरो आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

ती पुरुषमा ब्लड क्यान्सरको समस्या रहेको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैबीच, सुन्दरहरैचा नगरपालिकाका ४५ वर्षीय संक्रमित पुरुषको पनि उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

ती पुरुषमा ६ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिए ।


कस्तो लाग्यो ?

यो पनि