काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप एक हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा मात्रै एक हजार ११६ संक्रमित थपिएका छन् ।
त्यसैगरी भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।