काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् । आफ्नाे घरमा काम गर्ने कामदारमा कोरोना संक्रमण भएपछि वरिष्ठ नेता पौडेल आइसोलेसनमा बसेका हुन् ।
आज सामाजिक सञ्जाल उनले ट्वीटरमा एक स्टाटस लेखेर आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिएका छन् । तर, नेता पौडेलले आफू र परिवारका सदस्यमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएको पनि बताएका छन् ।