काठमाडौं । निरन्तर आफ्नो माग गर्दै अनशन बस्दै आएका डा. गोवीन्द केसीले आज २८ औँ दिनमा अनशसन तोड्ने भएका छन् । स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९ औँ पटक आमरण अनशन बसेका केसीले आज अनशन तोड्ने भएका हुन् ।
शनिबार आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८ औँ दिनमा अनशन तोड्न लागेको बताइएको छ । डा. केसीले आज बिहान ९ः३० बजे पत्रकार सम्मेलन गरेर अनशन तोड्ने केसीका समर्थक संयोजक डाक्टर जीवन क्षेत्रीले बताए ।
अनसनको २७ औँ दिनमा सरकार र डा. केसीबीच आठ बुँदे सहमति सरकारी वार्ता टोली र केसीबीच शनिबार राति ८ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षा सचिव गोपिनाथ मैनाली डा. केसीलाई भेट्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएका थिए ।