काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा (दैनिक मृत्युमा) यो अहिलेसम्मकै बढी संख्या हो ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाडौं उपत्यकाका आठ जना संक्रमित छन् ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।
नेपालमा पछिल्लो दुई महिनादेखि कोरोना संक्रमितको दैनिक मृत्यु भइरहेको छ ।
पहिलो पटक गत जेठ तीन गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो ।