सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शनिबार प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा ५६ र ६५ वर्षीय दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा शिवगडी–११ झापाका ५६ वर्षीय पुरुष र धरान–१५ सुनसरीका ६५ वर्षीय पुरुष छन् ।
दुबै पुरुष दीर्घ रोगी भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
अस्पतालले नियामानुसार शवको व्यवस्थापन गर्न लागेको जानकारी दिएको छ ।