पोखरा । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
कास्की पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । उनी निमोनिया र हाइपरटेन्सनजस्ता रोगबाट पीडित थिइन् । ती महिलाको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
आइतबारै कोरोनाका करण बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बाँके बर्दियाकाे ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुष र धरान र विराटनगरमा पनि कोरोना संक्रमितको मृत्यु भएको छ ।