भरतपुर । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सो अस्पतालमा उपचाररत नवलपरासीको नवलपरासी (बर्दघाट सुस्तपूर्व) को देउचुली नगरपालिका–११ की ७५ वर्षीया वृद्धाको सोमबार भएको हो ।
श्वासप्रश्वासमा समस्या आएसँगै उनी असोज २७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।उनी ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता समस्याबाट पीडित उनमा असोज ३० मा कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा उनको आइसियुकक्षमै मृत्यु भएको अस्पतालले जनाकएको छ ।