सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सो अस्पतालमा उपचाररत वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि उनी असोज ३० गते प्रदेश अस्पतालमा भर्ना भएकी थिइन् ।
पछिल्लो सयम उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो । उनमा कात्तिक १मा कोरोना पुष्टि भएको थियो । उनको मृत्युसगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।