मोरङ । कोरोना संक्रमणका कारण मोरङ रंगेली नगरपालिका-४ का एक दम्पतीको मृत्यु भएको छ । कोरोनाकै कारण ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकैदिन मृत्यु भएको हो । उनीहरुको मृत्यु करिब १२ घन्टाको फरकमा भएको हो ।
मृतकका आफन्तका अनुसार सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङहोममा मृत्यु भएको छ भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो । उपचारका क्रममा पिसिआरका क्रममा उनीहरु दुवैमा कोरोना पुष्टि भएको थियो ।