काठमाडौं । व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । बुधबार नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफूमा कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।उनले कोरोनाका केही लक्षण देखिएको र चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको जानकारी दिए ।
पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउनसमेत उनको सुझाव छ ।