पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज बिहान उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ ।