सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
कात्तिक ११ मा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष कात्तिक १६मा आफ्नै घरमा लड्दा अर्धचेत भएका थिए । उनलाई सोही अवस्थामा उपचारका लागि काठमाडौं ल्याइ केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।
तर, उनलाई उपचारका लागि दैनिक ४५ हजार खर्च लाग्ने बताएपछि सो रकम तिरेर उपचार गर्न नसक्ने भएपछि बिरामीलाई फन्तले फर्काएर सिन्धुली अस्पताल पुर्याएका थिए ।
बुधबार राति ९ बजेतिर सिन्धुली अस्पताल पुर्याइएका उनको बिहीबार बिहान मृत्यु भएको हो ।