प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
कोरोना संक्रमण देखिएपछि केही दिनदेखि जनकपुरमै उपचार गराउँदै आएका डिआइजी सिंहलाई बुधबार दिउँसो काठमाडौं ल्याइएको हो ।
केही दिनअघि स्वाब दिएका डिआइजी सिंहको पिसिआर परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
उनको काठमाडौं महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार सुरु गरिएको छ ।
यसअघि प्रदेश नं १ र गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई पनि कोरोना संक्रमण भएको थियो ।
उनी उपचारपछि ठिक भएर काममा फर्किसकेका छन् ।