काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार २०७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ९१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जनामा कोरोना पुष्टि भएको हो ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर दुई हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको मनत्रालयले जनाएको छ ।