मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट १९ वर्षीया सुत्केरीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

सुनसरी । यहाँको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक सुत्करीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।  


कस्तो लाग्यो ?

यो पनि