सुनसरी । धरानमा कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ ।
झापाकी २५ वर्षीया युवतीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
ती युवतीको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
कात्तिक २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मृतक युवती दीर्घ रोगको उपचारका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।
योसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भइ मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।