काठमाडौं । बुटवल अस्पतालमा एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचाररत गुल्मी जिल्ला निवासी पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–६ निवासी पुरुषको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको हो ।
गत कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।