मंसिर ०७, २०८१, शुक्रबार
               

आइसियु र भेन्टिलेटरको अभाव बढ्दै

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ ।

सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल सुरु गरेको छ ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एउटा भेन्टिलेटर युएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताएका छन् । 

‘अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।’ रावलले भने, ‘अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान जाने गरेको छ । हामीले त्यसैलाई मध्यनजर गर्दै अबको दुई महिनाभित्र आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने गरी स्थानीय तहसँग समन्वय सुरु गरेका छौँ ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सरकारले नै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको अवस्थामा सबै स्थानीय तह मिलेर सङ्घ र प्रदेशलाई दबाब दिनै भए पनि आइसियु सञ्चालन गर्नुपर्ने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि