काठमाडौं । भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–१० निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई मंसिर ७ गते कोरोना संक्रमण भएपछि ८ गते अस्पतालमा भर्ना गरिएको अस्पतालको भनाइ छ ।