विराटनगर । कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन बुढाथोकीको मृत्यु भएको छ ।
बुढाथोकीको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
२७ असोजमा संक्रमण पुष्टि भएपछि बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा (भेन्टिलेटरमा) उपचार भइरहेको थियो ।
उपचारकै क्रममा सोमबार राती सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।
तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए । हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो ।
कोरोना संक्रमणका कारण हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको मृत्यु भइसकेको छ ।