चितवन । पूर्व युवराज पारस शाह अस्वस्थ भएका छन् । उनको छातीमा समस्या देखिएको छ ।
मंगलबार साँझ नारायणगढस्थित एक होटलमा आएर बसेका शाहलाई आज (बुधबार) छातीमा समस्या देखिएको हो ।
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी सहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
पारसलाई मुटुसम्बन्धी पुरानै समस्या छ । सोही समस्या बल्झिएको अनुमान गरिएको छ । यस अघि उनमा उच्च रक्तचापको समेत समस्या देखिएको बताइएको छ ।
यसअघि उनलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो ।
स्वास्थ्य सामान्य
यसैबीच पारस शाहको स्वास्थ्य अवस्था सामान्य रहेको उनका सहयोगीहरुले बताएका छन् ।
मंगलबार पारस चितवन पुगेर एक होटलमा बसेका थिए । छातीमा समस्या देखिएपछि बुधबार पारस बसेको होटलमा चिकित्सक टोली पुगेको थियो ।
पोखरादेखि बुटवल र बुटवलदेखि चितवनसम्मको लामो यात्राका कारण साथीहरुको सुझावमा चेकजाँचका लागि हस्पिटल (चितवन मेडिकल कलेज) पुगेका तर उनमा ठूलो खालको समस्या नरहेको पारसका सहयोगी सागर न्यौपानेले बताए ।