मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या आएपछि उनी आज (शुक्रबार) अस्पताल भर्ना भएका हुन् । 

नेकपा केन्द्रय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत पन्त अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।

पेटसम्बन्धी समस्याका कारण पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएको रिजालले बताए ।

‘नेकपा स्थायी कमिटी सदस्य रघु पन्त पेटसम्बन्धी समस्याका कारण काठमाडौं मोडल अस्पताल भर्ना हुनुभएको छ । रिजालले फेसबुकमा लेखेका छन्, म रघु दाइको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ 


कस्तो लाग्यो ?

यो पनि