नेपालगन्ज । कोरोना संक्रमित नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा सई यज्ञमणि वैदिकको गत बिहीबार मृत्यु भएको हो ।
४२ वर्षीय वैदिक जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत थिए ।
मंसिरको ३ गते वैदिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
संक्रमण पुष्टि भएकै दिन (बेलुका) उनी भेरी अञ्चल अस्पतालमा भर्ना भएका थिए ।
ज्वरो आउनुका साथै उनमा निमोनियाको संक्रमण समेत देखिएको अस्पतालले जनाएको छ ।
उनी एक महिना अगाडि सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पा पुगेका थिए । त्यसअघि उनी जिल्लाकै प्रहरी चौकी जुँगारको इञ्चाजको भूमिकामा थिए ।
उको स्थायी घर दाङ हो ।