रुपन्देही । बुटवलमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तुको गोरुसिङ्गे–२ का ७४ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो ।
बुटवलका ४२ वर्षीय पुरुषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको र उनको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
त्यस्तै गोरुसिङ्गेका ७४ वर्षीय पुरुषलाई मंसिर ९ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको शुक्रबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक दुवै जनामा मिर्गौलाको समस्या रहेको समेत अस्पतालले जनाएको छ ।