मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण थप आठ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण नेपालमा मंगलबार थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ३७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेहरुमा काठमाडौं, सप्तरी, ललितपुर, कास्की र पाल्पाका छन् । जसमध्ये चार जना काठमाडौंका हुन् । मंगलबार कोरोनाका कारण निधन हुने सबै ४२ वर्षभन्दा माथिका छन् । 

सप्तरीमा ४२ वर्षका पुरुष, काठमाडौंमा ७०, ६६, ४९ वर्षका पुरुष र ९४ वर्षकी महिलाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । 

ललितपुरमा ५० वर्षकी महिला, कास्की र पाल्पामा ६४ र ६३ वर्षका पुरुषको मंगलबार कोरोनाभाइरसका कारण मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि