स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौैं उपत्यकामा कुल संक्रमितकाे संख्या १ लाख १४ हजार ५ जना पुगेकाे मन्त्रालयकाे तथ्यांक छ ।
साथै देशभर काेरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६५१ जना छन् । उक्त मृतकमध्ये काठमाडौं उपत्यकामा मात्र ६५१ जना छन् । याे संख्या कूल मृतककाे करिब साढे ३९ प्रतिशत हाे ।
काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा अहिलेसम्म ९१ हजार ५७७ जनालाई कोरोना संक्रमण भएको छ भने ४२८ जनाको मृत्यु भएको छ । काठमाडौंमा ८६ हजार ३६८ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ७८१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै ललितपुरमा हालसम्म १४ हजार ९२ जनालाई कोरोना संक्रमण भएको छ भने १२८ जनाको मृत्यु भएको छ । यता भक्तपुरमा अहिलेसम्म ९६ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ३३६ जनालाई हालसम्म संक्रमण भएको छ भने ७ हजार ७८७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै भक्तपुरमा ४५३ जना सक्रिय संक्रमित छन् ।