काठमाडौं । युरोपेली मुलुक साइप्रसमा बुधवार थप तीन नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा एक पाफोस सहर र दुई जना निकोसिया सहरका विद्यार्थी छन् ।
मगंगलबार पनि ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । जसमा आईयानापामा २ जना घरेलु कामदार, लिमासोलमा एक जना महिला, निकोसियामा २ जना विद्यार्थी र पाफोसमा १ जना विद्यार्थी रहेका छन् । योसँगै साइप्रसमा संक्रमित नेपालीको संख्या ४७ पुगेको छ ।