काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् ।
सांसद लिङ्देन अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत छन् ।
अस्पतालका चिकित्सक दिप्तेश अर्याल र सिइओ पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी गराएका थिए ।
अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा सुधार भइरेको छ ।
लिङ्देनमा निमोनियाको समस्या देखिएपछि बिहीबार झापाबाट काठमाडौं ल्याइएको थियो ।