हाम्रो दैनिक जीवनमा खाना पकाउँदा हामी धेरै प्रकारका मसालाहरुको प्रयोग गछौं ।खाना पकाउँदा गरिने मसालाको प्रयोगले खानालाई स्वादिष्ट मात्र होइन हाम्रो स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ ।
कालो मरिचको प्रयोगले खानाको स्वाद मात्र होइन हाम्रो स्वास्थ्यलाई र सौन्दर्यलाई समेत फाइदा पुर्याउँछ । औषधीय गुणले भरिपूर्ण कालो मरिच, जसको प्रयोगले हाम्रो भान्सामा पाक्ने खानेकुराको स्वाद त बढछ नै साथै हाम्रो स्वास्थ्य र सौन्दर्यलाई समेत राम्रो गर्छ ।
कालो मरिचमा पाउने पिपरिन नाम गरेको तत्वले यसको स्वादलाई खास बनाउँछ । कालो मरिचमा आइरन, पौटैशियम, मैग्नीशियम, जिंक, क्रोमियम र भिटामिन ए र सी लगायतका अन्य तत्वहरु पाईन्छ । यसको नियमित सेवन गर्नु निकै फाइदाजनक हुन्छ ।
शिघ्र दुखाइबाट मुक्ति
जाडोयाममा अधिक चिसोपनाका कारण शरीरको मांसपेशिहरुमा दुखाइको समस्या हुन जान्छ ।यदि नियमित मनतातो पानीमा १० देखि १२ मरिचको दाना हालेर सेवन गरेमा शिघ्र दुखाइबाट मुक्तिको अनुभव हुन्छ ।
रुघाखोकीमा आराम
कालो मरिचका साथमा सोंठ र पीपलको बराबरी मात्रामा धुलो बनाइ महसङ्ग मिसाएर सेवन गरेमा रुखाखोकीबाट तुरुन्तै लाभ मिल्छ ।
क्यान्सरबाट बचाउ
एक शोध अनुसार, कालो मरिचको नियमित सेवनले हामीलाई क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट बचाउँछ । यसमा पाइने तत्वहरु विटामीन सी, फ्लैवोनॉयड्स, कारोटेन्स र एंटी –ऑक्सीडेंटले हाम्रो शरीरलाई कैंसरबाट बचाउँछ ।
सौन्दर्यमा फाइदा
उमेरको वृद्धिसंगै अनुहारमा निशान र चाउरीपन आउन थाल्दछ । यस समस्यालाई कम गर्नका लागि यदि कालो मरिचलाई एक चम्चा दहीसङ्ग मिसाएर अनुहारमा लगाउने र मनतातो पानीले सफा गरेमा केहि दिनमा नै अनुहार सफा हुन थाल्छ ।
डण्डीफोरबाट मुक्ति
हप्तामा एकपटक महसङ्ग कालो मरिच मिसाएर अनुहारमा फैसप्याक बनाएर लगाएमा डण्डीफोर हट्न जान्छ ।
कपालको चाँया हट्ने
एंटी ब्याक्टेरियल र एंटी फ्लेमेटरीले भरिपूर्ण कालो मरिचको प्रयोगले कपालमा रहेको चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसका लागि एक कप दहीमा कालो मरिचलाई मिसाइ आधा घंटा लगाएर राख्ने र पानीले मात्र पखाली भोलिपल्ट शैम्पूको प्रयोग गर्नुपर्छ ।