चीन सरकारले सहयोग दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल आइपुगेकाे हाे ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन र अन्य स्वास्थ्य सहायता सामग्री पनि आज आएको छ । चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले सहायता दिन लागेको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।