मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वव्यापी महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

ब्रिटेन, फ्रान्स, जर्मनीलगायत संसारका २० भन्दा बढी देश नेताले भविष्यमा हुने विश्वव्यापी महामारीहरूसँग जुध्नका लागि एक अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन्।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति माक्रोँ, जर्मनीकी चान्सलर एङ्गेला मेर्कलसहितका नेताहरूले कोभिडले दोस्रो विश्वयुद्धयता दुनियाँका सामु सबैभन्दा ठूलो चुनौती खडा गरिदिएको टिप्पणी गर्दै सो आह्वान गरेका हुन्। 

वर्तमान महामारीले संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहँदैनन् भन्ने पाठ सिकाएको पनि उनीहरूले उल्लेख गरेका छन्।

आआफ्ना देशका केही चर्चित समाचारपत्रहरूमा प्रकाशित लेखमा २४ नेताहरूले देशहरूबीच आपसी सहयोगको सहज वातावरण तयार पार्न दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको जस्तै प्रकारको सन्धि आवश्यक भएको तर्क गरेका छन्।

अब संसारका देशहरू "भविष्यमा हुने महामारीको सटिक अनुमान गर्न, रोकथाम गर्न, पत्ता लगाउन, समीक्षा गर्न र त्यसप्रति प्रभावकारी ढङ्गले उच्चस्तरको संयोजित प्रतिक्रिया जनाउन सक्ने" अवस्थामा रहनुपर्ने उनीहरूको भनाइ छ।


कस्तो लाग्यो ?

यो पनि