नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सो जिल्लाका पहाडी क्षेत्र उल्लेखित संख्यामा कुष्ठरोगी भेटिएका हुन् ।
मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार,देवचुली नगरपालिकामा एक महिलासहित तीन, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक/एक पुरुष छन् ।
उनीहरुमा छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता लक्षण देखिएका छन् ।