काठमाडौं । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपालले कोरोना पुष्टि भएको छ । कोरोनाको दुई डोज लगाएका उनमा कोरोना पुष्टि भएको हो ।
शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको हो । सुरु मै पहिलो पहिलो डोजको खोप लगाएका उनले वैशाख ८ मा दोस्रो डोज खोप लगाएका थिए ।