धनुषा। धनुषा जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा तोडफोड भएको छ । धनुषाको मिथिला नगरपालिका–८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर उनका आफन्तले सो हस्पिटलमा तोडफोड गरेका हुन् ।
घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै सुविधासम्पन्न अस्पताल लैजान सिफारिस गरेकाले काठमाडौं लैजान हेलिकप्टर मगाइएको, तर चिकित्सकले मृत घोषणा गरे पनि उनको मृत्यु तत्काल नभई पछि मात्रै भएकाले मृतकका आफन्त आक्रान्त बनेका हुन् ।
सुनीलको मृत्युपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षसहित विभिन्न ठाउँको झ्यालको सिसा फोडेका छन् । तोडफोडपछि अस्पतालको मूल गेटमा ताला लगाइएको छ र बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।