सुर्खेत । सुर्खेतमा मंगलबार मध्यरातिबाट एक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गर्ने निर्णय गरेसँगै सुर्खेतमा एक साताका लागि निषेधाज्ञा जारी हुने भएको हो ।
संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको जिल्ला प्रमुखको भनाइ छ । ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छौँ, भोलिदेखि जिल्लाभर एक साता निषेधाज्ञा जारी हुन्छ,’ प्रजिअले भने ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । हाल सो जिल्लामा तीन सयभन्दा बढी सक्रिय छन् ।