मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा थप चार संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा स्याङजा, म्याग्दी, कास्कीका चार कोरोना संक्रमितको मृत्यु भएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजाकाे वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष, म्याग्दीका ७८ वर्षका पुरुष, कास्कीका ९१ वर्षीय पुरुष र कास्कीकै ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय १५ जना पुगेको छ।

कोरोनाको दोस्रो लहरका कारण पछिल्लो समय गम्भीर अवस्था सिर्जना गरेको छ । जसका कारण केही जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । सोही क्रममा सोमबार उपत्यकाका तीन जिल्ल प्रमुखको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।  


कस्तो लाग्यो ?

यो पनि