काठमाडौं । गण्डकी प्रदेशमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ र गोरखाका एक/एक हुन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार उपचारको क्रममा उनको मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको निर्देशनालयले जनाएको छ ।